सिलगढी: विश्व सम्पदा दिवसको अवसरमा युनेस्कोद्वारा मध्य प्रदेशको भोपालमा अप्रिल १७ र १८ मा दुईदिने कार्यक्रम आयोजना गरियो। जसमा उत्तर बङ्गालबाट वातावरणविद् राज बसु सहभागी भए।यस कार्यक्रमको जानकारी दिँदै, युनेस्कोले ५० वर्ष पूरा गरेको उनले बताए। विश्व सम्पदा दिवसको अवसरमा भएको यस विशेष कार्यशालामा हामी आफ्नो वातावरण संरक्षण गर्दै आगामी ५० वर्ष कसरी हिड्न सक्छौँ भन्ने बारेमा जानकारी दिइएको थियो। विशेषगरी दक्षिण र दक्षिण पूर्व एसियाका जीवित सम्पदालाई कसरी जोगाउने र हाम्रो पृथ्वी र हाम्रो पानी कसरी सुरक्षित रहने, यी सबै विषयमा कार्यक्रममा छलफल भएको उनले बताए।