कुचबिहार: उत्तर बंगाल राज्य परिवहन निगमका कर्मचारीहरू चर्को गर्मीका कारण पीडित छन्। उत्तर बङ्गाल राज्य परिवहन निगमका कर्मचारीहरूले गर्मीबाट बच्न कार्यालयमा एसी जडान गर्ने माग गर्दै धर्ना सुरु गरेका छन्। आज उत्तर बङ्गाल राज्य परिवहन निगमको बस टर्मिनल कार्यालयको लेखा शाखा र अन्य कर्मचारीहरूले कार्यालयमा एसी जडानको माग गर्दै काम रोकेर धर्नामा बसे। कार्यालयमा उचित भेन्टिलेसन नभएको उनीहरूको गुनासो छ। कार्यालयमा पंखा भए पनि चर्को गर्मीमा कर्मचारीहरूको अवस्था दयनीय छ। यस विषयमा उच्च अधिकारीवर्गको ध्यानाकर्षण गराइएतापनि कुनै फाइदा नभएकाले आज कार्यालयमा एसी जडानको माग गर्दै धर्ना प्रदर्शन गरिएको उनीहरू बताउछन्।










