१५ सयभन्दा बेसी स्वनिर्भर दलहरूका प्रतिनिधिहरुसँग जीटीएको समीक्षा सभा

IMG-20230418-WA0210.jpg

स्वनिर्भर दलहरूका लागि बिजिनेस हब तयार पार्नेछौं-अनित थापा

दार्जिलिङ: दार्जिलिङको भानु भवनमा पहाड़को १५ सयभन्दा बेसी स्वनिर्भर दलहरूका प्रतिनिधिहरूलाई लिएर जीटीएले समीक्षा बैठक गरेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अधिकारीहरुले आज राष्ट्रिय ग्रामीण आजीविका मिशनका योजनाहरुलाई लिएर कार्य गर्ने दार्जीलिङ्ग जिल्ला अन्तर्गत पाँचवटा खण्डका स्वयं सहायता समूह, को-ओपरेटिभका प्रतिनिधिहरुसंग समीक्षा सभा गरेको छ। सभामा १५ सयभन्दा बेसी महिलाहरुको उपस्थिति रहेको थियो। उक्त समीक्षा सभा दार्जीलिङस्थित भानु भवनमा बसेको थियो। स्वनिर्भर दलहरूको पहलले समाजलाई आर्थिक सम्पन्न बनाउन काम गरेको जनाउँदै जीटीएका प्रमुख कार्यपाल अनित थापाले भने, “एसएचजी व्यापारको एउटा मञ्च हो। तपाईहरुले समाजलाई आर्थिक सम्पन्न बनाउन जुन प्रयास गर्नु हुँदैछ, तपाईहरुको प्रयासको साथमा म पनि छु भनी आज वचन दिन्छु।”

एसएचजीका दिदी बहिनीहरूले जुन जोश लिएर केही गरिरहेका छन् त्यो जोशलाई प्रोत्साहन दिनु तालिम केन्द्र सुरु गर्नेछौ। गाउँ -घरमा धेरै समाज भवनहरु प्रयोगविहीन भएर बसेका छन्। यस्ता प्रयोग नभएका भवनहरू एसएचजीलाई जिम्मा लगाउनु सक्ने हाम्रोमा विकल्प छन्। तर भवनको सदुपयोग हुनुपर्छ भन्दै थापाले घोषणा गरे, “दार्जीलिङ, कालेबुङ, मिरिक अनि खरसाङमा एसएचजीको निम्ति व्यापार गर्ने एउटा स्पेस तयार गर्नेछौं। सभा बस्नु समाज भवन छ तर एसएचजीलाई चाहिएको हो बिजिनेस हब।”
एसएचजीको निम्ति बिजिनेस मोडल राख्दै थापाले भने, “एसएचजीका दिदीबहिनीहरुले उत्पादन गरेका सामानहरु अब मेलामा मात्र होइन एसएचजी बजार, मुख्य जगह, राष्ट्रिय मार्गमा दोकानहरु सञ्चालन गरेर उपभोक्ता कहाँ समान पुर्याउनु सकिनेछ।”

उनले अझ भने, “मेरो भ्रमणमा गाउँका दिदी बहिनीहरूले केही न केही जीविका उपार्जनको कार्य गरिरहेका देख्छु। तपाईंहरुको यस्तो प्रगतिशील सोच अनि हाम्रो विकासको सोच मिल्यो भने पहाडमा केही न केही सकारात्मक परिवर्तन आउनेछ।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *