दमकल विभागको तर्फबाट रक्तदान शिविरको आयोजना

IMG-20230418-WA0185.jpg

सिलगढी: सिलगढी दमकल विभागको पहलमा तथा सिलगढी सूर्यनगर समाज कल्याण संस्थाको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। गत १४ अप्रेलदेखि दमकल विभागले अग्नि सुरक्षा सप्ताह पालन गरिरहेको छ भने आगामी २० अप्रेलसम्म चल्नेछ। यस अन्तर्गत स्कुल, कलेज, घर लगायत विभिन्न व्यवसायी प्रतिष्ठानमा आगो लागेको खण्डमा कसरी निभाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराइयो। अग्नि सुरक्षा सप्ताहको अंशको रूपमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा दमकल कर्मीहरूले रक्तदान गरे।

यस अवसरमा दार्जिलिङ जिल्ला डिभिसनल फायर अफिसर देवान लेप्चा लगायत अन्य दमकल अधिकारीहरू उपस्थित थिए। उक्त शिविरमा ८० युनिट रगत संग्रह गरियो भने उक्त रगत सिलगढी जिल्ला अस्पतालमा पठाइनेछ। सिलगढीका डिभिसनल फायर अफिसर लेप्चाले बताएअनुसार दमकल कर्मीहरूले वर्षभरिनै साधारण मानिसहरूको सेवा गर्दै आइरहेको छ। यसपल्ट रक्तदान शिविरको माध्यमद्वारा मानिसहरूको ज्यान बचाउने पहल गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement