साईन बोर्डमा बाटोको निर्माण कार्य पूरा तर अवस्था जस्ताको तेस्तै ! कहाँ गयो बाटो निर्माण कार्यको राशी

KJJJJJ

दार्जीलिङः भेढीगोठदेखि चाम्चुङ खोलासम्मको बाटो निर्माणको पैसा कहाँ गयो भन्दै स्थानीय बासिन्दाहरूले प्रश्न तेर्साएका छन्। कालेबुङ जिल्ला अन्तर्गत ४० नम्बर समष्टि पेदोङ ब्लकको कास्योन ग्राम पञ्चायत क्षेत्रमा पर्ने भेढीगोठदेखि चाम्चुङ खोलासम्मको बाटो अतिनै जीर्ण अवस्थामा रहेको हुनाले गत २०२१ मा जीटीएले १ करोड ८५ लाख ५५ हजार रूपियाँको लगानीमा जीर्णोद्वारको कार्य शुरु गरिएतातापनि यतिका बर्षहरू वितिसक्दा पनि बाटोको जीर्णोद्वार नभएको स्थानीय बासिन्दाहरूले गुनासो पोखेका छन्।
स्थानीय बासिन्दाहरूले हाम्रो पार्टीका नेतृत्वहरूलाई एकचोटी निरीक्षण गर्ने अनुरोध गरेको हुनाले हाम्रो पार्टीका समष्टि अध्यक्ष असीम चन्द्र देवान तथा सहसचिव अमृत पोखरेलको नेतृत्वमा हाम्रो पार्टीको प्रतिनिधि टोली बाटोको निरीक्षण गर्न पुगेका थिए।
यस संदर्भमा समष्टि अध्यक्ष असीम चन्द्र देवानले, स्थानीय बासिन्दाहरूको अनुरोधलाई ध्यानमा राख्दै आज भेढीगोठदेखि चाम्चुङ खोलासम्मको बाटो निरीक्षण गर्न आएको बताए।उनले भने,बाटोको जीर्ण अवस्था देखेर हामी साच्चै नै आश्चर्यचकित भयौ।हामीले हाम्रो निरीक्षणको क्रममा भेढीगोठमा जीटीएद्वारा लगाईएको बोर्ड देख्यौ,जहाँ भेढीगोठदेखि चाम्चुङ खोलासम्मको बाटो निर्माणकार्यको निम्ति १ करोड ८५ लाख ५५ हजार रूपियाँको लगानीमा बाटोको निर्माण कार्यबारे उल्लेख गरिएको भेटायौ, अध्यक्ष देवानले भने।तिनले अधि भने, बाटो निर्माण कार्यको शुभारम्भ ८ जुलाई २०२१ बताइएको छ तर स्थानीय बासिन्दाहरूसंगको कुराकानीमा बाटो निर्माणकार्यको बोर्ड मात्र लगाइएको तर आजसम्म बाटोको निर्माण कार्य पूर्ण गरिएको छैन।उनले अझ भने,गत २०२१ को बंगाल विधानसभा चूनाव अधि बाटोको हल्का-फुल्का जीर्णोद्वारको कार्य भएको,त्यसपछि फेरि जीटीए सभाको चूनाव अधि यस्तै प्रकारको हल्का-फुल्का जीर्णोद्वारको कार्य गरिएको तर बोर्डमा उल्लेख गरिएको रकमको तुलनामा बाटोको जीर्णोद्वारको कार्य विश्वासयोग्य नरहेको बताउँदै,यति धेरै रकम कहाँ गयो भन्दै अध्यक्ष देवानले प्रश्न तेर्साए।तिनले अधि भने,बाटोको अवस्था सोचनीय छ,बर्खायाममा परेको पानी बग्ने नाला समेत छैन,गाडी चालकहरूले आफ्नो ज्यान हत्केलामा राखेर गाडी हाक्ने गर्छन।भेढीगोठदेखि चाम्चुङ खोलाको बाटो भएर धेरैवटा ठाउँहरू जाने गर्छन तर बाटोको अवस्था सोचनीय रहेकोले गाडी चालक संगसंगै गाडीमा सवार भएका यात्रीहरू पनि डर- संत्रासको यात्रा गर्न बाध्य भएको देखिन्छ।यति धेरै रकमले बाटोको निर्माण कार्य यस्तै हुन्छ? भन्दै अध्यक्ष देवानले प्रश्न तेर्साए।कालेबुङ जिल्ला अन्तर्गत पर्ने ४० नम्बर समष्टिको केवल पेदोङ, भेढीगोठदेखि चाम्चुङ खोलासम्म जाने बाटो निर्माण कार्य यस्तो छ भने अरू अन्य धेरै विषयहरूको निरीक्षण गर्न बाँकी नै रहेको अध्यक्ष देवानले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement