चिसो फलफूल र आइसबारले बंगाल सफारीका जनावरहरूलाई गर्मीबाट राहत

e3af17a9-1139-4368-808a-90f789026e29
  • चितुवा,मृग, हात्ती र चराहरूको लागि बनाइयो शेड

सिलगढी: दक्षिण बङ्गालसँगै उत्तर बंगाल पनि चर्को गर्मीबाट अस्तब्यस्त छ। चर्को गर्मीले यहाँ मानिस संगसँगै पशु-पंक्षी पनि तड्पीरहेका छन्। सिलगढीस्थित बंगाल सफारीका अधिकारीहरूले सफारीका जंगली जनावरहरूलाई गर्मीबाट जोगाउन र तिनीहरूलाई चिसो राख्न विशेष व्यवस्था गरेका छन्। गर्मीबाट बच्न बंगाल सफारीका अधिकारीहरूले जंगली जनावरहरूका लागि चिसो फलफूल र आइसबारको व्यवस्था गरेका छन्। उनीहरुका लागि एयर कुलर पनि जडान गरिएको छ। चराहरूलाई गर्मीबाट जोगाउन घरहरू बनाइएको छ। खानेपानीको समेत पर्याप्त व्यवस्था गरिएको छ। उत्तर बङ्गाल वाइल्ड एनिमल पार्कका निर्देशक कमल सरकारले वन्यजन्तुका लागि चिसो फलफूल र आइसब्लक उपलब्ध गराएको बताए। साथै, एयर कुलर पनि उपलब्ध गराइएको छ। रोयल बेङ्गाल टाइगर्स र हिमालयन ब्ल्याक बियरका लागि दिनदिनै पार्कमा आइसबार ल्याइएको छ भने उनीहरुले आइसबारमा हाम फालेर गर्मीको आनन्द लिइरहेका छन्। बङ्गाल सफारीका हिमाली कालो भालुहरू हिउँमा नभएता पनि आइसब्लकमा खेलेर भएपनि आनन्द उठाईरहेका छन्। जंगली जनावरहरूको लागि फ्रिजिङ फलफूल पनि उपलब्ध गराइएको छ।चितुवा, मृग, हात्ती लगायतका जनावरका लागि शेड तयार भइसकेको छ। चर्को गर्मीमा कुनै पनि जनावर बिरामी नहोस् भनेर सबै कुराप्रति ध्यान दिइरहेको उनले बताए। बंगाल सफारीका एक पशु चिकित्सकले वन्यजन्तुहरूमाथि नियमित नजर राखी रहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement