१८ अप्रेलः रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-का पूर्व कप्तान तथा स्टार ब्याटर विराट कोहलीमाथि चेन्नई सुपर किंग्स विरुद्ध एम चिन्नास्वामी स्टेडियममा खेलिएको इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचको अवधि आचार संहिताको उल्लंघन गरेकोमा म्याच फीसको १० प्रतिशत जरिमाना लगाइयो। सोमवार खेलिएको म्याचमा चेन्नईको टीम ८ रनले विजयी भएको थियो। आईपीएलद्वारा जारी बयान अनुसार, कोहलीले आचार संहिताको अनुच्छेद २.२ अन्तर्गत नियमहरूको उल्लंघन गरे। कोहलीमाथि कुन घटनाको निम्ति जरिमाना लगाइयो भन्ने चाहिँ बयानमा स्पष्ट रूपले बताइएको छैन। म्याचको अवधि छक्काको वर्षा गरिरहेका चेन्नई सुपर किंग्सका ब्याटर शिवम दुबे आउट हुँदा कोहलीले अति उत्साहमा खुशीयाली मनाएका थिए अनि सम्भवतः त्यसैलाई आचार संहिताको उल्लंघन मानियो। म्याचमा दुबेले २७ बलमा ५२ रन बनाएका थिए। बयानमा भनिएको छ, कोहलीले आईपीएलको आचार संहिताको अनुच्छेद २.२ अन्तर्गत केवल एकको अपराधलाई स्वीकार गरेका छन्। आचार संहिताको लेवल एकको उल्लंघनमा म्याच रेफरीको फसेला अन्तिम हुन्छ।