१८ अप्रेलः इण्डोनेशियाको स्थानमा अर्जेण्टिनाले फीफा अण्डर २० विश्व कपको आयोजन गर्नेछ। इण्डोनेशियालाई फीफाले टुर्नामेण्टको आयोजन गर्नदेखि हटाएको छ। विश्व फूटबलको सर्वोच्च संस्थाले यस्तो घोषणा गरेको छ। फीफा परिषदको ब्यूरोले अर्जेण्टिना फूटबल महासंघ (एएफए)-द्वारा पछिको बोली प्रस्तुत गरिएपछि आफ्नो फसेलाको पुष्टि गऱ्यो अनि फीफा प्रतिनिधिमण्डलले गत हप्ता दक्षिण अमेरिकी देशको निरीक्षण गरेको थियो। फीफा अण्डर २० विश्व कपको आयोजन २० मईदेखि ११ जूनसम्म हुनेछ। अर्जेण्टिनाले २००१ पछि पहिलोपल्ट यस टुर्नामेण्टको आयोजन गर्नेछ। फीफा अण्डर २० विश्व कपको आधिकारिक ड्र २१ अप्रेलको दिन ज्यूरिख स्थित फीफाको मुख्यालयमा हुनेछ।