चीनले ढुवानीका लागि मात्र खुलाउने भयो नेपालसँगको तातोपानी नाका

Untitled-1-copy-99

काठमाडौंः चीनसँगको नेपालको तातोपानी नाका मई १ बाट ढुवानीका लागि मात्र दुईतर्फी रुपमा खुल्ने भएको छ। आज मङ्गलवार बिहान नेपाल र चीनबीचको सीमा सम्बन्धी बैठकमा नाका दुईतर्फी रुपमा खोल्ने सहमति भएको हो। सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले नाका खोल्ने सहमति भएको जानकारी दिए। तर, नाका ढुवानीका लागि मात्र खुल्नेछ। मानव आवतजावत भने अनुमति नहुने राणाले बताए। नेपालले चिनियाँ पक्षलाई तातोपानी नाका दुईतर्फी खोल्न पटक पटक आग्रह गर्दै आएको थियो। चीनले सीमा पार अपराध, कोभिड १९ को रोकथाममा आवश्यक सुरक्षालगायत विषयमा नेपाली पक्षबाट प्रत्याभूति होस् भन्ने चाहेको थियो। २०१५ को भूकम्पले क्षति पुगेपछि तातोपानी नाका बन्द हुँदै आएको थियो। पछि चीनले नेपालतर्फ सामान विक्री गर्ने गरी एकतर्फी खुलेपनि नेपालबाट उक्त नाका हुँदै चीनतर्फ निर्यात ठप्प थियो। त्यसअघि तातोपानी नाकाबाट खासातर्फ नेपालीहरु आवतजावत गर्न अनुमति थियो।

नेपालका परराष्ट्र सचिव भरतराज गिरीले यसै महिना बेइजिङमा आयोजित सचिवस्तरीय बैठकमा तातोपानी नाका खोल्नेबारे कुराकानी गरेका थिए। त्यतिबेला नाका खोल्न आवश्यक पूर्वाधार निर्माण बढाउने सहमति भएको थियो। तातोपानी नाका पूर्ण रुपमा खोल्न चीनले केही दिनयता नाका बन्द गर्न सूचना जारी गरेको थियो। पूर्वाधार पुनः निर्माणका लागि बन्द गरिएको भनियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement