अप्रेल महिनामै उखरमाउलो गर्मीले सिलगढ़ी शहर अस्तब्यस्त

426dd62d-725c-4d7f-a3db-c41646da3154

सिलगढी: सिलगढी शहर अप्रेल महिनाको मध्यतिर आईनपुग्दै कडा घामको रापले जलिरहेको छ। घामले आगो उगेलिरहेको जस्तै भान भइरहेको छ। वैशाख शुरु भएलगत्तै शहरको तापक्रम अत्यधिक मात्रामा बढेको महशुस भएको छ। केही दिनयता शहरको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। फलस्वरूप, शहरवासीहरू गर्मीको कारण अस्तब्यस्त छन्।गर्मीको कारण सडक लगभग सुनसान छन्। गर्मीबाट बच्न शहरवासीले चिसो दही, आइसक्रिम र बोतलको पानीको सहारा लिइरहेका छन्। घामको ताप यति रापिलो छ कि बाहिर निस्किने बित्तिकै टाउको घुम्न थाल्छ। सोमबार, सिलगढीको सूर्यसेन कलेजका धेरै विद्यार्थीहरूलाई चक्कर आइरहेको गुनासो आएपछि कलेज छुट्टी दिइयो। यता राज्य सरकारले अत्यधिक गर्मीलाई ध्यानमा राखेर सोमबारदेखि तराई क्षेत्रका स्कूल, कलेज र विश्वबिद्यालयहरू एक हफ्ताको लागि छुट्टी दिने घोषणा गरिसकेको छ। त्यसका साथै सरकारले गरेको निणय अनुसार, यदि गर्मीको पारा यदि यस्तै उचाईमा रहिरहे तराईं क्षेत्रमा गर्मीको बिदा २ मईदेखि दिइने छ। यद्यपी,राज्य सरकारको यस्तो निर्णयप्रति राज्य भाजपाले असहमति जनाएको छ। भाजपाका राज्य महासचिव शंकर घोषले यसरी गर्मी यामको पूर्वार्धमै स्कूल -कलेजहरु छुट्टी दिनु ठीक नरहेको बताएका छन्। बरु शैक्षिक संस्थानहरुमा बिहानको कक्षा सञ्चालन गरे बिद्यार्थीहरूले राहत पाउने साथसाथै पठन -पाठनमा पनि अवरोध नआउने उनको धारणा छ। तथापि, यो उखरमाउलो गर्मीबाट राहत पाउन शहरवासी झमझमे पानीको पर्खाइमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement