गरीब खेलाड़ीहरूका निम्ति देउता बने रिंकु सिंह

IMG-20230418-WA0104.jpg

१८ अप्रेलः कलकत्ता नाइट राइडर्सका स्टार ब्याटर रिंकु सिंह गरीब क्रिकेटरहरूका निम्ति देउता बनेका छन्। उनले आफ्नो कामद्वारा करोड़ौं मानिसहरूका मन जितेका थिए। रिंकु आफै पनि एक समय गरीबीसँग जुझेको कुरा कसैसँग लुकेको छैन। उनको घरमा पनि आर्थिक समस्या थियो तर कठोर मेहनतको दममा उनले अहिले आफ्नो अलग पहिचान बनाएका छन्। रिंकुको आर्थिक स्थिति अहिले पहिला जस्तो छैन। उनीसँग अहिले पैसाको कुनै कमी छैन। नाम र दाम दुवै हासिल गरिसकेपछि रिंकुले अहिले युवा खेलाड़ीहरूका निम्ति अलीगढ़मा एउटा होस्टल तयार गर्ने फसेला गरेका छन्। होस्टल बनिनु शुरु पनि भइसकेको छ। यस होस्टलबाट ती खेलाड़ीहरूलाई आफ्नो सपना साकार गर्ने मौका हासिल हुनेछ, जो आर्थिक कठिनाईले गर्दा अघि बढ़्न सकिरहेका छैनन्।
रिंकुका वाल्यकालको प्रशिक्षक मसूदज जफर अमिनीले एउटा साक्षात्कारमा यस्तो जानकारी दिएका छन्। जफर अमिनीले भने, रिंकुले सदा यस्ता युवा खेलाड़ीहरूका निम्ति एउटा होस्टल बनाउन चाहन्थे, जोसँग आफ्नो सपनालाई अघि बढ़ाउनको निम्ति पैसा हुँदैन। रिंकु अहिले आर्थिक रूपले मजबूत भएका छन्। यसैकारण उनले आर्थिक समस्यासँग जुझिरहेका युवाहरूका सपना साकार गर्ने फसेला गरेका छन्। होस्टलमा १४ वटा रूम तयार गरिँदैछ। प्रत्येक रूममा ४ जना खेलाड़ी बस्ने सुविधा हुनेछ। होस्टलमा अलग वशरूम र क्याण्टीनको बन्दोबस्त पनि हुनेछ। यस होस्टलको निर्माणमा लगभग ५० लाख रुपियाँ खर्च हुनेछ अनि पूरा खर्च रिंकुले उठाइरहेका छन्। होस्टल निर्माणको काम लगभग ९० प्रतिशत पूरा भइसकेको छ। आउँदो महिनासम्म होस्टल तयार हुने सम्भावना छ। रिंकु अहिले आईपीएल २०२३-मा कलकत्ता नाइट राइडर्सबाट खेलिरहेका छन्। आईपीएल समाप्त भएर घर फर्किएपछि उनले होस्टलको उद्घाटन गर्नेछन्। उल्लेखनीय छ, रिंकुले २०१६-मा रणजी ट्रफीमा पदार्पण गरेका थिए। त्यसपछि उनलाई आईपीएलको निम्ति किंग्स इलेभेन पञ्जाबले टोलीमा सामेल गरेको थियो, जहाँ उनले आफ्नो क्षमता देखाउने पर्याप्त मौका पाएनन्। त्यसपछि २०१८-मा उनलाई कलकत्ताको फ्रेञ्चाइजीले ८० लाख रुपियाँमा टीममा सामेल गरेको थियो। कलकत्ता नाइट राइडर्समा आएपछि चाहिँ रिंकुको भाग्य बद्लियो। उनले २०१७-देखि २०२३-बीच आईपीएलबाट मात्र ४ करोड़ ४० लाख रुपियाँ कमाई गरेका छन्। यस सीजनमा उनले अहिलेसम्म ५ वटा म्याच खेलेर ५८-को औसतले १७४ रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement