गान्तोक: सहकारिता विभाग पाकिमले आजादी का अमृत महोत्सवअन्तर्गत स्थानीय तारेथाङ वन विकास केन्द्रमा बाँस हस्तकला सम्बन्धी १५ दिने तालिम सञ्चालन गरिरहेको छ। वरपर क्षेत्रका कूल ३५ जना लाभार्थीले यस तालिममा भाग लिएका छन् जसलाई मास्टर ट्रेनर फुर्वा तामाङ र नर्बु लेप्चाले बाँसद्वार निर्माण गरिने विभिन्न वस्तु बारे तालिम दिइरहेका छन्।
उल्लेखनीय छ, प्रधानमन्त्री वन धन योजना भारत सरकारको जनजाति मामिला मन्त्रालयको एउटा महत्वाकांक्षी परियोजना हो जसको लक्ष्य विभिन्न तालिमहरू मार्फत जनजाति समुदायको आयस्रोत वृद्धि गर्नु हो।
यस प्रशिक्षण कार्यक्रम अवधि वन धन विकास केन्द्र प्रवन्धन समितिका सद्स्यहरू साथै विभागका अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।