अग्नि सुरक्षा जागरुकता कार्यक्रम

IMG-20230417-WA0309.jpg

गान्तोक: रम्फू अग्निसमन विभागद्वारा सप्ताहव्यापी अग्नि सुरक्षा सप्ताहको उपलक्ष्यमा फायर सेफ्टी सचेतना कार्यक्रम आयोजना गर्दै पाचक माध्यमिक विद्यालय पुगेर एक कार्यक्रम आयोजन गऱ्यो। एएसएफओ लाको डा लेप्चा, पेम्पा डा तामाङ, चन्द्र बराईली र रम्फू अग्निसमन विभागका चालक किरण गुरुङको नेतृत्वमा टोलीले समयमा आगो निभाउने उपकरणको प्रयोग र उद्धारमा प्रशिक्षणको बारेमा प्रत्यक्ष प्रदर्शनी प्रस्तुत गरियो। फायर स्टेशन अधिकारीहरू र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।

About Author

Advertisement