पञ्चायत उप-चुनाउ: लिएर ईभीएम मशिनको परिक्षण

IMG-20230417-WA0297.jpg

गान्तोक: आगामी २० अप्रेलको दिन राज्यको सबै रिक्त ग्राम अनि जिल्ला पञ्चायत आसनहरूमा उप-चुनाउ हुनेछ। यसको निम्ति पाकिम जिल्ला अन्तर्गत रिङ्के वार्डमा हुने पञ्चायत उप-चुनाउलाई ध्यानमा राख्दै आज चुनाउ विभागले इलेक्ट्रोनिक भोटिङ मशीन (ईभीएम)-को सफलतापूर्वक परिक्षण गरेको छ।

पाकिम डिकलिङ सीनियर सेकेण्डेरी स्कूलको प्रेक्षागृहमा ईभीएमको परीक्षण प्रक्रिया सम्पन्न भयो। पाकिमका जिल्लापाल एवं चुनाउ अधिकारी टाशी छोपेलको पर्यवेक्षणमा यस परीक्षण कार्य गरिएको थियो। सबै ईभीएम ठीकसँग जाँच गरिएको अनि चुनाउ आयोजन गर्न आवश्यक मापदण्ड पूरा गर्ने चुनाउ अधिकारी टाशी छोपेलले सुनिश्चित गराएका छन्। ईभीएमले सुचारु रूपमा कार्य गरिरहेको छ-छैन भन्नेबारे परीक्षण अवधि मोक पूल पनि गरियो।

ईभीएमहरूको पूर्ण जाँच गरिएपछि ती सबैलाई जिल्लापाल एवं चुनाउ अधिकारी टाशी छोपेल लगायत अन्य अधिकारीहरूको उपस्थितिमा कोठामा बन्द गरियो। पछि ईभीएमसहितको स्ट्रङ्ग रुम र मुख्य प्रवेशद्वार सिल गर्ने कार्य भयो। यो चुनाउको प्रक्रियामा पूर्ण पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न सबै प्रक्रिया प्रतियोगी उम्मेदवारहरूको उपस्थितिमा गरिएको थियो। उनीहरूले सिल गरिएको तालामा पनि हस्ताक्षर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement