जेलमा गएर तृणमूल नेता कुन्तल घोषसित सोधपुछ गर्ने सीबीआईले पायो अनुमति

768-512-17518399-thumbnail-3x2-kuntal-ghosh-cbi-aspera.jpg

कोलकाता: केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेपछि प्रेसीडेन्सी जेलमा बन्द तृणमूल नेता कुन्तल घोषसित जेलमा गएर सोधपुछको अनुमति पाएको छ।
अलीपुर कोर्टले सोमवार यो अनुमति दिएको छ। यही कोर्टको जजलाई चिट्ठी लेखेर कुन्तलले दाबी गरेको थियो, केन्द्रिय एजेन्सीले त्यसमाथि मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीको नाम लिनका लागि दबाव बनाईरहेछ। यही मामिलामा केन्द्रिय एजेन्सीहरूको आवेदनमा हाईकोर्टले कुन्तल र अभिषेकसित सोधपुछ हुनसक्ने आदेश दिएको थियो, ताकि कुन्तलले कसैको दबावमा आएर केन्द्रिय एजेन्सीहरू विरुद्ध बयान त दिईरहेको छैन, यसको पत्तो लागोस्। त्यही अनुसार, सीबीआईले अलीपुर कोर्टमा आवेदन गरेका थियो। सोमवार कोर्टले यसलाई स्वीकार गर्दै जेलमा गएर कुन्तलसित सोधपुछको अनुमति दिएको छ। न्यायाधीशले यो पनि भने, जेल अधीक्षकले केन्द्रिय एजेन्सीहरूको सोधपुछमा हरेक प्रकारले सहयोग गर्नपर्नेछ। दिनको समय सीबीआईले गएर सोधपुछ गर्नेछ र खाँचो परे जेलको सीसीटीभी फुटेज पनि हेर्नसक्छ। उल्लेख्य, आज नै सीबीआईले यस मामिलामा अभिषेक ब्यानर्जीलाई पनि नोटिस पठाएको छ। यद्यपि, सुप्रिम कोर्टले अहिले अभिषेकसित सोधपुछमा रोक लगाएको छ।

About Author

Advertisement