कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका अझ एक विधायक जीवन कृष्णा साहालाई केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले पक्राउ गरेको छ। ६५ घण्टाको तलाशीपछि मुर्शिदाबादको बरमानबाट तृणमूल विधायकलाई पक्राउ गर्नअघि जब शुक्रवार सीबीआईको टीम उनको घरमा छापारामी गर्न पुग्यो तब उनले शौचालयमा गएर आफ्नो मोबाइल परको पछाड़ी रहेको पोखरीमा फ्याँकेका थिए। यसलाई लिएर प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले एक पल्ट फेरि मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीको नाम नलिई उनलाई यस मामिलामा घसिटेका छन्। उनले ट्वीट गरे, तृणमूल विधायक जीवन कृष्णा साहालाई सीबीआईले पक्राउ गरेको छ। उसले स्कूल सेवा आयोग (एसएससी) का धेरै प्रतिभाशाली परीक्षार्थीहरूको भविष्य समाप्त गरेको छ। तर सोधपुछमा सुरक्षा एजेन्सीहरूबाट लुकाएर उसले आफ्नो मोबाइल घर छेउ पोखरीमा फ्याँकेको थियो। आखिरले उसले कसलाई बचाउने प्रयास गरिरहेको थियो? भतीजलाई? उल्लेख्य, भ्रष्टाचार मामिलामा पहिलेदेखि पक्रा परेको कुन्तल घोषले दाबी गरेको थियो, केन्द्रिय एजेन्सीहरूले त्यसमाथि अभिषेक ब्यानर्जीको नाम लिनको निम्ति दबाव बनाईरहेछ। यस विरूद्ध एजेन्सीहरूको तर्फबाट कलकत्ता हाईकोर्टमा लगाइएको याचिकामा सुनवाई गर्दै न्यायमूर्ति अभिजीत गांगुलीले यस सम्बन्धमा अभिषेक ब्यानर्जी र उनीसित सोधपुछ गर्ने आदेश दिएका थिए। सुप्रिम कोर्टले आज ने सोमवार यस आदेशमा रोक लगाएको छ। यसबीच प्रदेश भाजपाले एक पल्ट फेरि यस मामिलामा अभिषेकको नाम लिएका छन्।