प्रधानमन्त्री प्रचण्डका भारत भ्रमण मईको पहिलो हप्ता हुने

Untitled-1-copy-94

काठमाण्डौंः नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण मई महिनाको पहिलो हप्ता हुने भएको छ। यसका लागि नेपालको परराष्ट्र मन्त्रालयले तयारी बढाइसकेको छ। रविवार परराष्ट्रमन्त्री नियुक्त भएका एनपी साउदले पदभार ग्रहण गरेपछि प्रधानमन्त्रीको भारत भ्रमणको तयारीलाई अगाडि बढाउने बताए। यसबाट पनि भ्रमणको तयारी तिव्र रहेको खुलेको छ।

भारत भ्रमणमा नेपालले जलविद्युत, ऊर्जा व्यापार, थप हवाई रुट, सीमा समस्या समाधानलगायतका विषयमा कुरा उठाउने तयारी गरिरहेको छ। प्रधानमन्त्री प्रचण्डले गठबन्धनका दलसँग यस विषयमा परामर्श थालिसकेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणलाई दृष्टिगत गरेरै परराष्ट्रमन्त्री नियुक्तिमा अझै ढिलाई नगर्न भनेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार साउदको नाम दिएका थिए। लगत्तै उनको आज नियुक्ति भयो। प्रचण्डलाई चीनबाट पनि भ्रमणको निम्तो आएको थियो। तेस्रोपटक प्रधानमन्त्री भएका उनले यसपटक पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने नीति लिएको देखिन्छ। पहिलोपटक प्रधानमन्त्री हुँदा उनले चीनलाई पहिलो विदेश भ्रमणको गन्तव्य बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement