अग्नि सुरक्षा सप्ताह अन्तर्गत वाणिज्यिक प्रतिष्ठानहरूमा निरीक्षण

Untitled-1-copy-93

नाम्चीः अग्नि सुरक्षा सप्ताह २०२३ अन्तर्गत आज नाम्ची फायर स्टेशनले नाम्ची जिल्ला अन्तर्गत भञ्ज्याङ बजार र किताम बजारका विभिन्न वाणिज्यिक प्रतिष्ठानहरूमा अग्नि सुरक्षा निरीक्षण सम्पन्न गऱ्यो। निरीक्षणको अगुवाई नाम्चीका एफएसओ बिशाल राईले गरेका थिए।

अग्नि सुरक्षा सप्ताह अन्तर्गत आज परबिङ उच्चतर माध्यमिक विद्यालयमा निबन्ध प्रतियोगिता आयोजन गरियो। प्रतियोगिताको विषय राष्ट्रिय पूर्वाधार विकासको निम्ति अग्नि सुरक्षा राखिएको थियो। गत १४ अप्रेलदेखि शुरू भएको अग्नि सुरक्षा सप्ताह आगामी २० अप्रेलमा समाप्त हुनेछ।

About Author

Advertisement