कोलकाता: हालमा पश्चिम बङ्गाल यत्रामा आएका केन्द्रीय गृहमन्त्री अमित शाहको तर्फबाट पश्चिम बङ्गालको सरकार ढाल्ने दाबी गरिनुलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले उनको राजीनामा मागेकी छिन्। सोमबार राज्य सचिवालयमा मन्त्रीमण्डलको बैठकपछि मीडियासित कुराकानी गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘कुन कानूनको आधारमा केन्द्रीय गृहमन्त्रीले हाम्रो सरकारलाई ढाल्ने कुरा भनेका छन्। उनले राजीनामा दिनुपर्छl’ गत शुक्रबार गृहमन्त्री अमित शाह बङ्गाल आएका थिए र बीरभूममा जनसभा गरेका थिए। यस अवधिमा उनले भऩेका थिए, ‘२०२५ अघि पश्चिम बङ्गालको तृणमूल सरकार ढल्नेछ। ममता दिदीले जतिपनि प्रयास गरे उनका भतिज मुख्यमन्त्री हुने छैनन्l’ अमित शाहले यो पनि भऩेका थिए, ‘बङ्गालको आउँदो मुख्यमन्त्री भाजपाकै कोही हुनेछl’
यसैलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘अमित शाहको यो बयान संविधानको मूल धारणा विपरीत हो। अमित शाहले बङ्गालमा लोकसभाको ३५ सीट जित्ने दाबी गरे र त्यसपछि नै सरकार ढाल्ने कुरा गरे। यो संवैधानिक मर्यादाको उल्लङ्घऩ हो। गृहमन्त्रीको रूपमा देशको रक्षा बिर्सेर उनले षड़यन्त्र रचिरहेका छन्। कुन कानून मुताबिक केन्द्रीय गृहमन्त्रीले सरकार ढाल्ने कुरा भनेका छन्? के संविधानमा कुनै प्रकारको बदलाव गरिरेहका छऩ्?’