बॉंस हस्तशिल्पमाथि १५ दिवसीय प्रशिक्षण

Untitled-1-copy-90

पाकिमः सहकारिता विभाग, पाकिमले आजादीको अमृत महोत्सवको तत्वावधानमा बॉंस हस्तशिल्प आयोजना गरेको छ। यो १५ दिवसीय प्रशिक्षण तारेथाङ वन धन विकास केन्द्रमा सम्पन्न गरिने छ।

मास्टर ट्रेनरद्वय फुर्बा तामाङ र नर्बु लेप्चाले केन्द्रका ३५ जना प्रशिक्षुलाई प्रशिक्षण प्रदान गर्नेछन्। यस अवसरमा वन धन विकास केन्द्रको प्रबन्धन समिति र विभागीय अधिकारीहरू पनि उपस्थित थिए। प्रधानमन्त्री वन धन योजना भारत सरकारको जनजाति मन्त्रालयको परियोजना हो। यस परियोजनाको उद्देश्य जनजाति समुदायको क्षमता विकासका साथै आय आर्जन वृद्धि गर्नु रहेको छ।

About Author

Advertisement