एचएसपीद्वारा दलाई लामाप्रति ऐक्यबद्धता प्रकट

IMG-20230402-WA0315.jpg

गान्तोकः हाम्रो सिक्किम पार्टी (एचएसपी) ले परमपावन दलाई लामाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। एचएसपीले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर परमपावन दलाई लामाप्रति अटल समर्थन एवं ऐक्यबद्धता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, एचएसपी अध्यक्ष भाइचुङ भोटिया दलाई लामा र तिब्बत मुद्दाको लामो समयदेखि समर्थक हुन्। भोटिया विश्वकै एकमात्र खेलाड़ी हुन् जसले तिब्बत र दलाई लामाको समर्थनमा चाइनामा ओलम्पिक आयोजन हुॅंदा ओलम्पिक टर्च बोक्न अस्वीकार गरेका थिए। उनले विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चहरूमा तिब्बतको मुद्दालाई उठाउॅंदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement