नाम्चीमा प्रस्तावित पञ्चायत उप-चुनाउको निम्ति ईभीएमको कमिशनिङ सम्पन्न

Untitled-1-copy-89

नाम्चीः नाम्ची जिल्लामा प्रस्तावित पञ्चायत उप-चुनाउमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) को कमिसनिङ आज जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न गरियो।

ईभीएमहरूको कमिसनिङ प्रक्रिया एसडीएम, मुख्यालय चिरण रिजालको उपस्थितिमा सम्पन्न गरियो। यस अवसरमा बीएचईएलका अभियन्ता र दुईवटा पञ्चायत वार्डका प्रतिस्पर्धी उम्मेदवारहरू पनि उपस्थित थिए। उप-चुनाउ लोवर ग्याङयोङ वार्ड र अप्पर छलमथाङ वार्डमा प्रस्तावित रहेका छन्।

ईभीएमहरूको कमिसनिङपछि जिल्ला प्रशासनिक केन्द्रको हलमा मतदान दलहरूको निम्ति प्रशिक्षण सम्पन्न गरियो। प्रशिक्षण जिल्लापाल एवं चुनाउ अधिकारी एम. भारणी कुमार, एसडीएम चिरण रिजाल र सेक्टर म्याजिस्ट्रेटहरूले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement