गान्तोकः छैटौं राज्य वित्त आयोग (एसएफसी) ले एसएफसीका कार्यहरूलाई संस्थागत निरन्तरता प्रदान गर्न तथा छैटौं एसएफसी रिपोर्ट तयार गर्ने क्रममा पूर्व सदस्यहरूबाट बहुमूल्य सुझाउहरू प्राप्त गर्न आज पूर्व एसएफसी सदस्यहरूसॅंग बैठक गऱ्यो। बैठकमा पॉंचौ एसएफसीका चेयरमेन छिगेल टाशी, सदस्यद्वय टीडब्ल्यु खाङसर्पा र एमएन ढकाल, पूर्व सदस्य सचिव बिक्रम तामाङ र वित्ता विभागका निदेशक महेन्द्र प्रधान उपस्थित थिए।
छैटौं एसएफसीकी चेयरपर्सन टाशी छो छोको अध्यक्षतामा सम्पन्न बैठकमा छैटौं एसएफसीका सदस्यहरू रोशनी राई, राजनारायण प्रधान, सदस्य सचिव मनोज राई र पीआरआईए, नयॉं दिल्लीका अन्सुमन केरोल उपस्थित थिए। बैठकमा एसएफसी सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा गरियो। आयोगका पूर्व सदस्यहरूले महत्वपूर्ण सुझाउहरू दिए।









