मुख्यमन्त्रीको नाममा भाजपाद्वारा ४ बुँदे मागसहितको ज्ञापनपत्र पेश

6b1f548d-8241-44da-9fbc-9ecbb63aec8d

कुचबिहार: भाजपाले मुख्यमन्त्रीको नाममा चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ। तुफानगञ्ज-२ ब्लक अन्तर्गत शालबारी-१ ग्राम पञ्चायतका स्थानीय जनताको हितमा र भ्रष्टाचारको विरुद्धमा यो ज्ञापनपत्र दिइएको भाजपा नेतृत्वले जनाएका छन । उनीहरूको दावी छ की २०२१ मा २२ केराबाट लाभान्वित भएका किसानहरुलाई तोकिएको मल र विषादी उपलब्ध गराइएको छैन । तर, उनीहरूबाट जबरजस्ती एनओसी लिने काम भइरहेको छ।
भजपाले मुख्यमन्त्री समक्ष पेश गरेका मांगहरूमा, शालबारी-१ अञ्चल अन्तर्गतका विभिन्न स्थानमा कार्यतालिका अनुसार काम गर्नुपर्ने र गुणस्तरहीन सामग्री प्रयोग गर्न नपाइने, बुथ नम्बर ९/२४ को पञ्चायत सदस्यको खेतीयोग्य जमिनमा सोलर पम्प, खानेपानीको ट्याङ्की नबनाई किन पानी आपूर्ति भइरहेको ,प्रधानमन्त्री आवास योजना अन्तर्गत छिट्टै आवासको व्यवस्था गरियोस अनि दुआरे सरकार शिविरमा जनतालाई प्रताड़ित गर्ने काम बन्द गरियोस भन्ने जस्ता मागहरू सामेल छन्। यसक्रममा कुनै अप्रिय घटना हुन नदिन बक्सिरहाट पुलिस चौकीमा भारी मात्रामा पुलिस परिचालन गरिएको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement