सिलगढी: आदिवासी सेङ्गल अभियानले आज विधाननगरमा राष्ट्रिय राजमार्ग ३१ अवरुद्ध गऱ्यो। आदिवासी सेङ्गल अभियानले ५ बुँदे मागलाई लिएर १२ घण्टा बंगाल बन्दको आह्वान गरेको छ । जसको व्यापक प्रभाव राज्यभर परेको छ ।आदिवासी सेंगल अभियान दार्जिलिङ जिल्ला समितिका सदस्यहरूले सोमबार बिहानैदेखि सिलगढी महकुमा परिषद अन्तर्गत फाँसीदेवा ब्लकको विधाननगरमा राष्ट्रिय राजमार्ग ३१ अवरुद्ध गरेर विरोध प्रदर्शन गरे। अर्कोतर्फ, यो खबर पाएलगत्तै विधाननगर पुलिस चौकी र फाँसीदेवा पुलिस चौकीबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुगेको थियो । अवरुद्धका कारण सडकका दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको थियो । दुई घण्टासम्म चलेको अवरोधपछि पुलिस प्रशासनको आश्वासन पश्चात अवरोध खुला गरिएको हो ।









