सिलगढी: राज्य सरकारले राज्यका ८ हजार २०७ प्राथमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। किनभने यी विद्यालयहरूमा ३० भन्दा कम विद्यार्थीहरू छन् । यस सम्बन्धमा सिलगढीका शिक्षाविद् तथा दार्जीलिन पब्लिक स्कूलका निर्देशक विजयकुमार शाहले भने कि सरकारी विद्यालयहरू नि:शुल्क छन् भन्ने भ्रम मात्र हो। त्यस्तो होइन, सरकारी विद्यालयमा सरकारले प्रति विद्यार्थी ६ हजार ५ सय रुपियाँ खर्च गर्छ ।उनको धारणा छ ,सिलगढी लगायत देशैभरी अङ्ग्रेजी माध्यमका विद्यालयहरूको बढ्दो दबदबाबीच सरकारी विद्यालयहरूलाई प्रवर्द्धन गर्न सरकारले सरकारी विद्यालयलाई अनुदान दिन बन्द गरेर पूर्ण स्वायत्त विद्यालय बनाउनु पर्नेछ। यसका साथै बालबालिकाको अकाउन्टमा सिधै शिक्षा अनुदान दिनुपर्छ । यसबाट बालबालिकाहरूले आफ्नो इच्छा अनुसार विद्यालयमा भर्ना हुने अधिकार र सुविधा पाउनेछन् । यससँगै सरकारी विद्यालयमा पठनपाठन पनि बढ्नेछ ।यसले सरकारी र निजी विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नेछ, जसको प्रत्यक्ष लाभ बालबालिकाहरूलाई हुनेछ। शिक्षाको गुणस्तर पनि बढ्नेछ ।









