जलपाइगढी: जलपाइगढी जिल्लाको मैनागढी ब्लक अन्तर्गत विभिन्न गाउँका महिलाहरू विभिन्न प्रकारका प्लास्टिक र जुटका वस्तुहरू बनाएर आत्मनिर्भर बन्दै गएका छन्। प्लाष्टिक र जुटका सामग्रीबाट बनेका झोला र घर सजावटका सामान, विभिन्न खेलौना, बालबालिकाका कपडा तथा अन्य सामग्री हातैले बनाइन्छ। जलपाइगढी आनन्दधारा संस्थाको तर्फबाट गाउँका महिलाहरूले बनाएका उत्पादनलाई विभिन्न मेला तथा प्रदर्शनी स्टलमा राखिने बताइएको छ । यस संस्थाले मैनागढीका विभिन्न गाउँका ३२ जना महिलालाई तालिम दिएर आत्मनिर्भर बन्न अगाडि बढिरहेका छन् । उल्लेखनीय छ कि मैनागढी ब्लक अफिसमा गत १३ अप्रेलदेखि ४० दिने तालिम शिविर आयोजना गरिएको छ । जहाँ महिलाहरूलाई आत्मनिर्भर बन्न जुट,प्लाष्टिक र बाँसबाट विभिन्न उत्पादनहरू बनाउने तालिम दिने काम भइरहेको छ।