इक्फाई विश्वविद्यालयमा ‘मीट एण्ड ग्रीट वर्कशप’ आयोजित

Untitled-1-copy-87

गान्तोकः इक्फाई विश्वविद्यालय सिक्किमले आज मीट एण्ड ग्रीट वर्कशप आयोजन गऱ्यो। कार्यक्रममा श्री सत्य साई युनिभर्सिटी अफ् ह्युमन सक्सीलेन्सका कुलपति नरसिम्हा मूर्ति मुख्य अतिथि थिए। कार्यक्रममा इक्फाई विश्वविद्यालयका कुलपति डा. जगन्नाथ पटनायक, विश्वविद्यालयका विद्यार्थीहरू र श्री सत्य साई विश्वविद्यालयका पूर्व विद्यार्थीहरू पनि उपस्थित थिए।

कूलपति पटनायकले कूलपति मूर्तिलाई उपस्थितिको निम्ति धन्यवाद दिॅंदै आफु पनि श्री सत्य साई विश्वविद्यालयका पूर्व छात्र रहेको जानकारी गराए। उनले मानव उत्कृष्टता भनेको एक असल नागरिक कसरी बन्ने भन्ने नै रहेको र यसका लागि असल मूल्यमान्यता हुनु आवश्यक रहेको बताए। उनले वसुधैव कुटुम्बकममाथि पनि बल दिए। कार्यक्रममा कूलपति नरसिम्हा मूर्तिलाई डा. पटनायकको बाहुलीद्वारा लाइफ टाइम एचीभमेन्ट अवार्डले सम्मनित गरिएको थियो। मुख्य अतिथि मूर्तिले निमन्त्रणको निम्ति धन्यवाद दिॅंदै गान्तोक जस्तो सुन्दर शहरमा आउन पाउॅंदा खुशी लागेको बताए। उनले मानव उत्कृष्टता र सकारात्मकतामाथि आफ्नो विचारहरू साझा गरे। उनले व्यक्तिगत अनि सामाजिक जीवनमा मानव मूल्यको भूमिकामाथि प्रकाश पारे।

कार्यक्रममा श्री सत्य साई विश्वविद्यालयकी पूर्व विद्यार्थी तथा इक्फाई विश्वविद्यालयकी सहायक प्राद्यापक दिक्षा लामाले मानव मूल्य र दृष्टिकोणमाथि वार्ता प्रस्तुत गरेकी जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement