अलिपुरद्वार: आदर्श योग केन्द्रको विधिवत उद्घाटन गरियो। अलिपुरद्वार जंक्शनस्थित राम मन्दिरमा सोमबार यो योग केन्द्रको उद्घाटन गरिएको हो। योग विज्ञ शिव हाजराले दीप प्रज्वलन गरी योग केन्द्रको उद्घाटन गरेका थिए । कार्यक्रममा योग केन्द्रका प्रमुख सुजितकुमार दासको पनि उपस्थिति रहेको थियो । यो योग केन्द्रमा यस क्षेत्रका युवाहरुलाई सस्तोमा योग तालिम दिइने उल्लेख छ ।