सिलगढी: आज बिहानको करिब १० बजेतिर सिलगढीको पूर्वी बाईपासस्थित ढाकेश्वरी मन्दिर नजिक रहेको बिद्युतीय वाहनको शोरुम भित्र लरी पस्यो। उक्त दुर्घटनामा एउटा बिद्युतीय वाहन पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ । यद्यपी घटनामा कोही पनि घाइते भएनन् । उल्लेखनीय छ, पूर्वी बाइपास क्षेत्रमा केही दिनयता लगातार दुर्घटना भइरहेका छन् । जसका कारण उक्त क्षेत्रमा त्रासको माहोल छ ।