राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित दुई शिक्षक जापान भ्रमणमा जॉंदै

44444

गान्तोकः राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित मर्डन उच्चतर माध्यमिक विद्यालयकी प्रचानाध्यापक माला दोर्जी जापान भ्रमण प्रस्थान भएकी छन्। शिक्षा विभागका अधिकारीहरूले आज बिहान शिक्षक दोर्जीलाई शुभकामनासहित भ्रमणको निम्ति बिदाई दियो। शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङले शिक्षक दोर्जीलाई शुभकामना व्यक्त गर्दै जापानको शिक्षा प्रणालीबाट सक्दो ज्ञानार्जन गर्न सुझाउ पनि दिए। यस भ्रमणमा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित अर्का शिक्षक ईएमआरएस, गाङग्यापका प्रधानाध्यापक सिद्धार्थ योन्जम पनि जानेछन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा राज्य सरकारले दुई राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित शिक्षकलाई विदेश भ्रमणमा पठाएको बताइएको छ। भ्रमणको उद्देश्य जापानका विद्यालयहरूको भ्रमण गरेर त्यहॉंका उत्कृष्ट अभ्यासहरू सिक्नु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement