पञ्चायत उप-चुनाउको निम्ति ईभीएमहरूको कमीसनिङ सम्पन्न

Untitled-1-copy-86

पाकिमः पाकिम जिल्ला अन्तर्गत लिङ्के वार्डमा हुन लागिरहेको पञ्चायत उप-चुनाउको निम्ति आज डिकलिङ उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा ईभीमहरूको कमीसनिङ प्रक्रिया सम्पन्न गरियो।

जिल्लापाल एवं चुनाउ अधिकारी टाशी छोपेलको निगरानीमा उक्त कार्य सम्पन्न गरिएको थियो। ईभीएमहरूको कमिशनपछि त्यसलाई जिल्लापाल तथा अन्य चुनाउ अधिकारीहरूको उपस्थितिमा सील गरियो। पछि, स्ट्रङ रूम र मुख्य प्रवेश गेट पनि सील गरियो। यस अवधि प्रतिस्पर्धी उम्मेदवारहरू पनि उपस्थित।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement