कवि साहित्यकार राजेन प्रधान दोर्बल्यको निधन

IMG-20230417-WA0289.jpg

तीनधारेमा शोक सभा सम्पन्न

खरसाङ: तीनधारे क्षेत्रका कवि साहित्यकार राजेन प्रधान दोर्बल्यको निधन भएको छ। भारतीय नेपाली साहित्यमा ‘गाँठे खत्तम छ यो पहाड़’ नामक कविता कृति दिईसकेका राजेन प्रधानले साहित्यमा दौर्बल्य उपनामले लेख्ने गरेका थिए। तीनधारेको राजबारी निवासी साथै वरिष्ठ उदघोषक, पञ्चायतकर्मी, कवि साहित्यकार राजेन प्रधान दोर्बल्यको ५८ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले तीनधारे क्षेत्र लगायत भारतीय नेपाली साहित्यलाई नै क्षति पुगेको छ। कवि साहित्यकार राजेन प्रधान दोर्बल्यको निधनमा साहित्य कला संस्थान तीनधारेद्वारा राजबारी जनसेवा संघमा शोक सभा आयोजना गरेका छन्। उक्त शोक सभा साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र सचिव सन्तोष लामाको सञ्चालनमा सम्पन्न भएको छ। शोक सभामा राजेन प्रधान दोर्बल्यको आत्माले शान्ति पाऊन् साथै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै यो दु:खको घड़ीमा ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिएको छ। उक्त शोक सभामा साहित्य कला संस्थानको उपाध्यक्ष दिपक प्रधानले राजेन प्रधान दोर्बल्यको जीवनी र उनको योगदान विषयमा जानकारी गराएका थिए। उनले राजेन प्रधान दोर्बल्यले विशेष गरी फुटकर कविताहरू लेख्ने गरेको र कविता संग्रह ‘गाँठे खत्तम छ यो पहाड़’ विषयमा जानकारी गराउँदै तीनधारेको विभिन्न कार्यक्रमहरूमा आफ्नो उपस्थिति दिने गरेको र तीनधारे क्षेत्रमा विशेष योगदान रहेको बताएका छन्। त्यसरी नै शोक सभामा चन्दु भुसालले आफ्नो वक्तव्यमा राजेन प्रधान दोर्बल्य गाउँकै भाइ रहेको र छिमेकी भएको नाताले उनले गरेका हरेक कार्यहरूका प्रशंसा गर्ने गरेको बताउँदै सानैदेखि तीक्ष्ण बुध्दि भएको व्यक्ति रहेको बताएका छन्। शोक सभाको अध्यक्ष रञ्जनकुमार रसाईलीले राजेन प्रधान दोर्बल्य राम्रो उदघोषक रहेको र उनीसित आफ्नो राम्रो सम्बन्ध रहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement