गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिता सम्पन्न

IMG-20230417-WA0244.jpg

सन्जना सुब्बा र अनिस तामाङ बने विजेता

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङको तत्त्वावधानमा नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा आयोजित तीन दिवसीय समारोहको मुख्य आकर्षणको रूपमा गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिता रहेको थियो। तीन दिवसीय नेपाली नयाँ वर्ष समारोहको अन्तिम दिन १६ अप्रेलको राती गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिता सम्पन्न भएको छ। मध्य रातीसम्म चलेको गोर्खा सुन्दरी प्रतियोगितामा जम्मा २० जना प्रतियोगीहरूले भाग लिएका थिए भने गोर्खा श्री प्रतियोगिताको लागि १० जना प्रतियोगीहरू रहेका थिए। तीन दिवसीय नेपाली नयाँ वर्ष समारोहको अन्तिम राती सम्पन्न गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिताको लागि निर्णायकको रूपमा अनु दास, सत्ययता प्रधान र आशा मुखिया लामा उपस्थित रहेका थिए। अन्तिम दिन विभिन्न सांगीतिक अनि सांस्कृतिक कार्यक्रमहरूसितै द पोइट आईडल नेपालको फाइनलिस्ट कवि पल्लवीव सिंगगकले पनि आफ्नो प्रस्तुति दिएका थिए। अन्तिम दिनको साँझदेखि विभिन्न सांगीतिक र सांस्कृतिक कार्यक्रमहरूसितै गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिता सम्पन्न भएको थियो। यसको साथै उक्त मञ्चमा नै विभिन्न मञ्चहरूमा अघिबाटै मोडलिङमा नाम कमाईसकेका साथै विभिन्न प्रतियोगिताहरू जितिसकेका २०-२१ जना महिला सुन्दरीहरूलाई पनि मञ्चमा प्रदर्शनको रूपमा निकालिएको थियो भने सबैलाई गोर्खा सांस्कृतिक संस्थान खरसाङ र नव वर्ष समारोह समितिको तर्फबाट सम्मान् जनाइएको थियो। सबैलाई जीटीए चिफ् अनित थापाको बाहुलीबाट फूलगुच्छा र सम्बर्ध्दना पत्र प्रदान गरी सम्मान जनाइएको थियो। खरसाङमा सम्पन्न उक्त गोर्खा सुन्दरी प्रतियोगितामा सन्जना सुब्बा विजेता बनिन्। त्यसरी नै उप विजेता प्रेरणा तामाङ बनिन् भने दोस्रो उप विजेता दिया शर्मा बनेकी छन् भने तेस्रो रनर अप येशिका छेत्री र चौथो रनर अप सबिना गिरी भएका थिए। त्यस्तै प्रकारले गोर्खा श्री प्रतियोगिताको विजेता महानदी निवासी अनिस तामाङ भएका छन्। त्यसरी नै उप विजेता बिस्वाक छेत्री अनि दोस्रो उप विजेता वाङ्छेन लामा भएका छन् भने तेस्रो रनर अप सुनिल राई अनि चौथो रनर अप सोनाल विश्वकर्म भएका थिए।

उक्त प्रतियोगितामा सबै प्रतियोगीहरूलाई प्रमाण पत्रसहित फूलगुच्छा र आकर्षक ट्रफिहरू प्रदान गरिएको थियो। गोर्खा सुन्दरी प्रतियोगिताको विजेतालाई गोर्खा सुन्दरी २०२३ र गोर्खा श्री प्रतियोगिताको विजेतालाई गोर्खा श्री विजेता २०२३ को उपाधि प्रदान गरिएको थियो। यसको साथै विजेतालाई प्रमाण पत्र, फूलगुच्छासहित उत्कृष्ट मुकुट र रातो रंगको क्राउन प्रदान गरिएको थियो। त्यसरी गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिता अन्तर्गत तीसजनालाई नै विभिन्न सप टाईटलहरू प्रदान गरिएको थियो जसमा गोर्खा उत्कृष्ट राष्ट्रीय पोशाक, गोर्खा उत्कृष्ट अनुपमा, गोर्खा उत्कृष्ट मृग नयनी, गोर्खा चम्किलो तारा, गोर्खा उत्कृष्ट व्यक्तित्व, गोर्खा उत्कृष्ट अन्तरक्रिया लगायत ३० वटा विभिन्न टाईटलहरू प्रदान गरिएको जानकारी प्राप्त भएको छ। गोर्खा सुन्दरी प्रतियोगिता विजेता र गोर्खा श्री प्रतियोगिता विजेतालाई सम्भावत: राष्ट्रिय र अन्तर्राष्ट्रीय विभिन्न फेशन शोतिर सहभागी हुने मौका पाउने भएको पनि जानकारी प्राप्त भएको छ। तीन दिवसीय नेपाली नयाँ वर्ष समारोहको अन्तिम दिन सम्पन्न गोर्खा सुन्दरी प्रतियोगिता र गोर्खा श्री प्रतियोगिता कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीए चिफ् अनित थापा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पा, कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, सभासद श्याम शेर्पा लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement