सुप्रिम कोर्टले अभिषेक ब्यानर्जी विरूद्ध कलकत्ता हाईकोर्टको आदेशमा अन्तरिम रोक लगायो

fotojet_-_2022-05-12t132317.603-sixteen_nine.jpg

नयाँ दिल्ली: सुप्रिम कोर्टले पश्चिम बंगालको शिक्षक भर्ती घोटालामा अभिषेक ब्यानर्जी विरूद्ध जाँचको कलकत्ता हाईकोर्टको आदेशमा अन्तरिम रोक लगाएको छ।सुप्रिम कोर्टले २४ अप्रेलमा अभिषेक ब्यानर्जीको याचिकामा सुनवाई गर्नेछ।अभिषेकको भनाई छ, उनको यस कथित घोटालासित कुनै सम्बन्ध छैन। याचिकामा भनिएको छ, हाईकोर्टले उनको एक भाषणको आधारमा सीबीआई र ईडीलाई जाँचको आदेश दियो कलकत्ता हाईकोर्टले १३ अप्रेलमा सीबीआई र ईडीलाई अभिषेक ब्यानर्जीसित सोधपुछको अनुमति दिएको थियो। हाईकोर्टले भनेको थियो, यदि ईडी र सीबीआईलाई खाँचो परे यस मामिलामा पक्रा परेको आरोपित कुन्तल घोषसित पनि सोधपुछ गर्नसक्छ। कुन्तलले पश्चिम बंगाल पुलिसलाई चिट्ठी पठाएर केन्द्रिय जाँच एजेन्सीहरूले त्यसमाथि अभिषेक ब्यानर्जी र तृणमूल कांग्रेसका अन्य ठूला नेताहरूको नाम घोटालासित जोड्ने दबाव बनाईरहेको आरोप लगाएको थियो। उसले कोलकाताको एक स्पेशल कोर्टका जजलाई पनि यसैगरी चिट्ठी पठाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement