तृणमूलका अझ एक विधायक पक्रा पर्दामात्र बोले विधानसभा अध्यक्ष

Biman-Banerjee-1200.jpeg

कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मुर्शिदाबादको बरमानबाट तृणमूल कांग्रेसका विधायक जीवन कृष्णा साहाको गिरफ्तारीलाई लिएर विधानसभा अद्यक्ष विमान ब्यानर्जीले प्रश्न चिह्न खड़ा गरेका छन्। सोमवार बिहान लगभग ५:३० बजी जीवन कृष्णालाई पक्राउ गरियो औं पूर्वाह्न लगभग ११ बजी उनलाई कोलकाताको निजाम पेलेस स्थित सीबीआई अफिसमा ल्याइएको छ। यहाँ कोर्टमा पेश गर्ने तयारी चलिरहेछ। यसबीच विधानसभा अध्यक्ष विमान ब्यानर्जीले भनेका छन्, विधानसभा सदस्यलाई पक्राउ गर्नअघि विधानसभा सचिवालयबाट कुनै प्रकारको कुनै अनुमति लिइएको छैन न त आधिकारिक रूपमा मलाई जानकारी दिइएको छ सीबीआईले सो समय उनलाई यसबारे जानकारी दिनेछ भनी उनले आशा व्यक्त गरेका छन् ।वस्तुतः विधानसभा सदस्यलाई पक्राउ गर्नका लागि विधानसभा अध्यक्ष र संसद सदस्यलाई पक्राउ गर्नका लागि लोकसभा अध्यक्षलाई सूचित गर्नुपर्छ। यद्यपि, कानूनले भन्छ, सांसद वा विधायक कुनैलाई पनि पुलिस वा केन्द्रिय एजेन्सीहरूले पक्राउ गर्नका लागि कसैको अनुमतिको आवश्यकता हुँदैन।पक्राउ गरिएको २४ घण्टाभित्र सम्बन्धित सदनका अध्यक्षहरूलाई जानकारी दिने प्रथा छ। यद्यपि, नियुक्ति भ्रष्टाचार मामिलामा यसअघि पूर्व शिक्षा मन्त्री पार्थ चटर्जी र पछि प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष एवं पलाशिपाड़ाबाट तृणमूल विधायक माणिक भट्टाचार्यको गिरफ्तारीसित सम्बन्धित कुनैपनि जानकारी विधानसभा अध्यक्षलाई २४ घण्टापछि पनि नदिएको आरोप लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement