कालचिनीः सोमबार अलिपुरद्वार जिल्ला तृणमूल कार्यालयमा युवा तृणमूल कङ्ग्रेस अलिपुरद्वार जिल्ला कमिटी अध्यक्ष राजकमल भगतको उपस्थितिमा बैठक सम्पन्न भयो। बैठकमा संगठनको विभिन्न विषयहरूमाथि चर्चा गरीएको जिल्ला कमिटीको प्रवक्ता राजीव साहले जानकारी दिएका छन्। बैठकमा निर्वाचन नयाँ जिल्ला कमिटीका उपाध्यक्ष, महासचिव, कार्यकारिणी सदस्यहरूको जिम्मेवारी व्याख्या गर्दै सांगाठानिक दायित्वबारे बताईएको थियो।
प्रत्येक ब्लक कमिटीहरूलाई २०/२० जना सदस्यसहित बुथ कमिटी बनाउन निर्देशन दिइएको छ भने प्रत्येक बुथबाट सय दिने कामको रकम सङ्कलन गर्ने लक्ष्यका साथ आगामी १ महिनाभित्र प्रधानमन्त्री र केन्द्रीय पञ्चायत मन्त्रीको कार्यालयमा १०० वटा पत्र र गुनासो पत्र पठाइने निर्णय लिएको बताईएको छ। युवाहरूलाई दिदीको सुरक्षा कवचमा थप काम गर्न आदेश दिइएको छ।
पञ्चायत उम्मेदवारका लागि युवाहरूको सूची राज्यमा पठाइने पनि सो बैठकमा निर्णय लिएको बताईएको छ।









