फाँसीदेवा: फाँसीदेवा खण्ड २ तृणमूल कङ्ग्रेसको मदर, महिला तथा युवा कमिटी आज गठन गरियो। फाँसीदेवा ब्लक २ तृणमूल कङ्ग्रेसका सभापति काजल घोषले आज विधाननगरमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर कमिटीको घोषणा गरे। ५२ जना सदस्यको कमिटी गठन गरिएको छ। यस कमिटीमा विभिन्न धर्म, जाति तथा सम्प्रदायका मानिसहरूलाई सामेल गरिएको छ। यसको साथै पार्टीको लागि काम गर्नेहरूलाई पनि कमिटीमा सामेल गरिएको छ।









