सिलगढी: तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला समतल टाउन ब्लक २ कमिटी गठन गरियो। सिलगढीको १३ नम्बर वार्ड कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे घोषणा गरेको हो। यस अवसरमा दार्जिलिङ जिल्ला समतल टाउन ब्लक २ का सभापति मानिक दे, राज्य कमिटीका सचिव प्रतुल चक्रवर्ती लगायत अन्य उपस्थित थिए। मानिक दे-ले बताएअनुसार दार्जिलिङ जिल्ला समतल टाउन ब्लक २ कमिटीमा ८ जना सचिव, ५ जना उपाध्यक्ष लगायत अन्य सदस्यहरू सामेल छन्। उक्त कमिटीमा मोठ ४७ जना सदस्य छन्। पूर्णाङ्क कमिटी गठन गरिएकोले काम गर्न सजिलो हुनेछ।









