सिलगढी: मतिगढा थाना अन्तर्गत इलाकामा एउटा कम्पनीको इन्टरनेट फाइबर स्प्लिसिङ मसिन चोरी गरेको आरोपमा पुलिसले २ जना चोरलाई पक्राउ गरेको छ।पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो ।यसरी पक्रा परेकाहरूमा रमनी राय र सन्टु सरकार सामेल छन्। तीमध्ये रमनी राय समर नगर निवासी र सन्दु राय आशिघर निवासी हुन्। स्मरण रहोस्, गत १५ अप्रेलमा मतिगढा थाना अन्तर्गत सिटी सेन्टर नजिक इन्टरनेट लगाउने एउटा कम्पनीको फाइबर स्प्लिसिङ मसिन चोरी भएको थियो। यसपछि सुदेव अधिकारी नाम गरेका एकजना व्यक्तिले मसिन चोरी भएको बारे थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका मतिगढ़ा थाना पुलिसले गत राति मतिगढाको विश्वास कोलनीमा चोरीको समान बिक्री गर्न आएका २ जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपीबाट चोरी गरेको इन्टरनेट फाइबर मसिन पनि उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सन्टु सरकारले आफ्नो अटोमा रमनी रायलाई साथमा लिएर चोरी गर्न आउने गर्दथे। यसै क्रममा गत १५ अप्रेलमा यी दुईजना अटो लिएर सिटी सेन्टर नजिक इन्टरनेटको काम गरिरहेको कम्पनीको फाइबर स्प्लिसिङ मसिन चोरी गरेर सुइँकुच्चा ठोकेका थिए घटनाबारे थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले गत राति ती दुईजना चोर चोरी गरेको समान बिक्री गर्नको लागि मतिगढाको विश्वास कोलनीमा आइपुगेको गोप्य सूचना पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर चोरी गरेको समान, अटो सहित २ जना चोरलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।









