यसै महिना २८ अप्रेलमा संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन हुनेछ। नेयादीले सो दिन अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिर ‘स्पेस वाक’ गर्नेछन्। यो सँगै उनी अन्तरीक्षमा हिड्ने अरब जगतको पहिलो अन्तरिक्ष बन्नेछन्। नेयादीले अमेरिकी अन्तरीक्ष संस्था नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि स्पेसवाकको तालिम लिएका छ । गत महिना ३ मार्चमा पनि अल नेदायीको लागि निकै खास थियो, किनकी पृथ्वीको कक्षमा त्यो उनको पहिलो दिन थियो। तर पृथ्वीको बाहिरको उनको अनुभव २८ अप्रेलमा झनै विशेष हुनेवाला छ। कुनै पनि अरबी अन्तरिक्षका लागि साढे ६ घण्टाको उक्त एक्स्ट्राभिक्युलर एक्तिभिटि (ईभीए) गर्नु पहिलो अवसर हुनेछ।
नेयादीको उक्त अन्तरीक्ष हिँडाइसँगै युएइले पनि कीर्तिमान कायम गर्नेछ। योसँगै युएई आफ्ना नागरिकलाई अन्तरीक्षमा हिँडाउने विश्वको दशौँ देश बन्नेछ। स्पेसवाकका क्रममा अल नेयादी र नासाका चालक दलका सदस्य स्टेफेन बोवेनले रेडियो फ्रिक्वेन्सी ग्रुप युनिट नामको सञ्चार उपकरणको एउटा हिस्सा मर्मत गर्नेछन्। साथै उनीहरुले स्टेशनलाई उत्कृष्ट सोलार उपकरण इन्स्टल गर्नका लागि पनि तयार गर्नेछन्। अल नेयादीले लेखेका छन्, ‘म यो ऐतिहासिक पलका लागि उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेको छु, जसका लागि मैले जोनसन स्पेस सेन्टरमा बृहत प्रशिक्षण लिएको छु। म आफ्नो देशको प्रतिनिधित्व गर्न तथा अन्तरिक्षद्वारा सुरु गरिएका असाधारण यात्रालाई जारी राख्नका लागि उत्सुक छु।’
अल नेयादीले ह्युस्टनमा नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि ५५ घण्टाभन्दा पनि धेरै समय बिताएका छन्। त्यसमा स्पेस स्टेशनको आकारको रेप्लिका एउटा पूलमा डुबाइएको थियो। पानीमुनि भार महसूस हुँदैन। त्यसैले उक्त पानीको ल्याब अन्तरीक्षमा हिड्ने अन्तरिक्षहरुका लागि नितान्त उपयोगी तालिम केन्द्र हो। स्पेस एक्सको क्रू ६ मिसनको एक हिस्साको रुपमा अल नेयादी गत २ मार्चमा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरीक्ष यात्रामा निस्किएका थिए। उनी अन्तराष्ट्रिय स्पेस स्टेसनमा ६ महिनासम्म रहनेछन् र विभिन्न प्रयोगहरु गर्नेछन्। यो अन्तरीक्षयात्रा नेयादीको जिवन बदल्ने मिसन हो।









