सिलगढी: आज विश्व हेमोफिलिया दिवस हो। विश्वको जनसंख्या दिन-प्रतिदिन बढ्दै गइरहेको छ, योसँगै यो रोग पनि तीव्र गतिमा बढिरहेको छ। यस सम्बन्धमा सिलगढीका प्रख्यात डा. पीडी भुटियाले हेमोफिलिया एक वंशानुगत रोग हो भनी बताए। यसले रगत जम्ने क्षमतालाई गम्भीर रूपमा असर गर्छ। जसका कारण सानातिना चोटपटक लाग्दा पनि गम्भिर रक्तस्राव हुनसक्छ। यस सम्बन्धमा डा. पीडी भुटियाले विश्वभरका डाक्टरहरू यस रोगबाट बिरामीको ज्यान बचाउन प्रयासरत रहेको बताए। आज विश्व हेमोफिलिया दिवसको अवसरमा डा. पीडी भुटियाले यस्ता बिरामीहरूलाई सतर्क रहने सुझाव दिए।









