सिलगढी: दार्जीलिङ जिल्ला समतल टाउन ब्लक-२ का अध्यक्ष माणिक दे, राज्य समिति सचिव प्रतुल चक्रवर्ती र अन्य सदस्यहरूले सिलगढी नगर निगमको वार्ड नम्बर-१३ स्थित पार्टी कार्यालयमा आयोजित छलफल बैठकमा भाग लिए। छलफलपछि पत्रकारहरूको प्रश्नको जवाफमा माणिक देले, नगरपालिका वार्ड नम्बर – २ को अन्तिम नामावली आफूसमक्ष आइसकेको बताए।यसलाई आज प्रकाशित गर्ने आदेश आएको हो। सोही अनुररुप,आज ८ सचिव र ५ उपाध्यक्षसहित बाँकी सदस्यहरूको नाम घोषणा गरिएको छ। उनले भने, यस टाउन ब्लक-२ का सबै सदस्यहरूले पार्टीलाई सुदृढ गर्न कडा मेहनत गर्नेछन्। सबै काम एक्लै गर्न उनलाई गाह्रो भएको थियो। अब पूरा टोलीको साथमा काम गर्न सजिलो हुनेछ।









