१७ अप्रेलः मुम्बई इण्डियन्सका कप्तान सूर्यकुमार यादवमाथि आइतवार वानखेड़े स्टेडियममा कलकत्ता नाइट राइडर्स (केकेआर) विरुद्ध आईपीएलको म्याचमा धीमा ओवर रेटले गर्दा १२ लाख रुपियाँको जरिमाना लगाइयो। आईपीएलको न्यूनतम् ओवर रेटसँग सम्बन्धित आचार संहिताअन्तर्गत यो उनको टीमको पहिलो अपराध थियो। यसैकारण कप्तान सूर्यकुमार यादवमाथि १२ लाख रुपियाँको जरिमाना लगाइयो। म्याचमा मुम्बई इण्डियन्स ५ विकेटले विजयी भयो। यसको साथमा केकेआर-का कप्तान नितीश राणामाथि पनि म्याचको अवधि आईपीएल आचार संहिताको उल्लंघनको निम्ति म्याच फीसको २५ प्रतिशत जरिमाना लगाइयो। राणाले आईपीएलको आचार संहिताको अनुच्छेद २.२१ अन्तर्गत लेवल १-को अपराध स्वीकार गरेका छन्। लीगको आचार संहिता उल्लंघनको निम्ति मुम्बई इण्डियन्सका बलर ह्रितिक शौकीनमाथि पनि म्याच फीसको १० प्रतिशत जरिमाना लगाइयो। म्याचको अवधि नितीश र ह्रितिकबीच उग्र बहस भएको थियो। घटना केकेआर-को ईनिंग्सको नवौं ओभरमा भएको थियो, जब राणालाई आउट गरेपछि ह्रितिकले केही भनेका थिए। नितीशले पनि पछि फर्किएर ह्रितिकलाई केही भनेका थिए। मुम्बई इण्डियन्सका कार्यवाहक कप्तान सूर्यकुमार र टोलीका सबैभन्दा सीनियर खेलाड़ी पीयूष चावलाले पछिबाट हस्तक्षेप गरेर मामिलालाई शान्त गरेका थिए। दुवै खेलाड़ीले आफ्नो गल्ती स्वीकार गरेका छन्।









