–प्रथम सत्रमा फूड सिक्योरिटी एण्ड न्यूट्रिशन: रोल अफ् साइन्स, टेक्नोलजी एण्ड इनोभेशन विषयमा मन्थन
वाराणसीः बाबा विश्वनाथको नगरी काशीमा सोमवारदेखि जी-२० को एग्रीकल्चर वर्किङ ग्रुपको १००औं बैठक शुरू भयो। नदेसरस्थित तारांकित होटलमा आयोजित बैठकको उद्घाटन सत्रलाई केन्द्रिय सड़क, परिवहन, राजमार्ग एवं नागरिक उड्डयन मन्त्री जनरल (सेवानिवृत्त) वी.के सिंहले सम्बोधन गरे। बैठकको प्रथम सत्रमा फूड सिक्योरिटी एण्ड न्यूट्रिशन: रोल अफ् साइन्स, टेक्नोलजी एण्ड इनोभेशन विषयमा जी-२० देशहरूका कृषि वैज्ञानिक एवं विशेषज्ञहरूले विमर्श गरिरहेका छन्। बैठकमा अर्जेन्टीना, अस्ट्रेलिया, ब्राजील, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेशिया, इटली, जापान, कोरिया गणराज्य, मेक्सिको, रूस, सऊदी अरब, दक्षिण अफ्रीका, टर्की, यूनाइटेड किंगडम तथा यूरोपीय संघका विशेषज्ञहरूले भाग लिएका छन्। आगामी १९ अप्रेलसम्म चल्ने जी-२० बैठकमा कृषि, कृषि शिक्षा, अनुसन्धान आदि विषयहरूमा कृषि वैज्ञानिकहरूले विमर्श गर्नेछन्।
भारतीय कृषि अनुसन्धान परिषद (आईसीएआर)-का महानिदेशक डा. हिमांशु पाठक तथा सचिव सञ्जयले बताए अनुसार सम्मेलनमा विश्व स्वास्थ्य संगठन अनि वैश्विक व्यापार संगठन सहित कृषि क्षेत्रमा काम गर्ने कतिपय संस्थाहरूका प्रतिनिधिहरू उपस्थित छन्। खाद्य सुरक्षा औ पोषण, क्लाइमेट स्मार्ट एग्रीकल्चर, डिजिटल एग्रीकल्चर, पब्लिक प्राइभेट पार्टनरशिप आदि सहित कृषि अनुसन्धान र विकासका विभिन्न मुद्दाहरूमाथि बैठकमा चर्चा हुनेछ। सम्मेलनको विषय वसुधैव कुटुम्बकम रहेको छ। यसको माध्यमबाट एक पृथ्वी, एक परिवार र एक भविष्यको सन्देश दिइनेछ।









