हामीले स्वनिर्भर भएर बाँच्नु पर्छ: अनित थापा
कालेबुङ: जीटीएकाे पशु संसाधन अनि विकास विभागले पेदोङमा पशु वितरण कार्यक्रम आयोजना गरेर लाभार्थीहरुलाई पशु वितरण गर्यो। कार्यक्रममा जीटीए चिफ् अनित थापा, कालेबुङका विधायक रुदेन सादा लेप्चा अनि सभासद कमल सुब्बाको विशेष उपस्थिति रहेको थियो। लाभार्थीहरुलाई हाम्रो पुर्खाले चलाएको जाँगर अब हामीले पनि चलाउनु पर्छ भन्ने उत्साह दिँदै अनित थापाले भने, “हामीले स्वनिर्भर भएर बाँच्नु पर्छ। स्वनिर्भर भएर रोजगारको समस्या समाधान गर्नु सक्छौ भन्ने देखाउनु छ।”

वर्तमान समयमा पशु प्राणीहरू पहाडको घरहरूबाट विलुप्तिएर नै गएको अवस्था छ। पशु प्राणी नभए खेती किसान गर्नु पनि गाह्रो बन्छ। यसै अवस्थालाई मध्यनजरमा राखेर जीटीएका प्रमुख कार्यपाल अनित थापाले पिता पुर्खाले गरील्याउँदै गरेको पशु पालनलाई पुनः घर घरमा सुरु गर्नु पर्छ भन्ने भिजनलाई धेरै समय देखि जनता समक्ष राखेका थिए। आज त्यही भिजनलाई लिएर विभागले पशु वितरण कार्यक्रम सुरु गरेको जनाइएको छ।आज कुखुराको चल्ला (१००० जनालाई) एक लाभार्थीलाई १० वटा चिङनाको दरले, गाई (१० जनालाई), बाख्राको पाठो (३० जनालाई), सुँगुरको पाठो (३३ जनालाई) एक लाभार्थीलाई ३ पाठोको दरले वितरण गरियो। यसको साथमा पशुको बिमा गरियो। खोर बनाउन च्यादर दिइयो। पशु आहार अनि बर्तनहरु पनि वितरण गरियो। जानकारी अनुसार गाउँमा रहेका प्राणी मित्र हरुले पशुको स्वस्थ विषय सहयोग पुर्याउने छन्।









