खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टमा सम्पन्न क्वाटर फाइनल खेलमा आफ्नो आफ्नो खेल जितेर सिविटार र दुई नम्बर बस्ती सेमी फाइनलमा प्रवेस गरेको छ। तीनधारे राजबारीको युउथको आयोजनामा सम्पन्न भईरहेको फुटबल टुर्नामेन्ट अन्तर्गत क्वाटर फाईनल खेल सिविटार र प्रगति संघ मिठाईडाँड़ामाझ सम्पन्न भएको थियो। उक्त क्वाटर फाईनल खेलमा सिविटारले प्रगति संघलाई २-० को अन्तरले पराजित गरी सेमी फाइनलमा प्रवेस गरेका छन्। त्यसरी नै अर्को क्वाटर फाईनल खेल जनसेवा संघ राजबारी र दुई नम्बर बस्तीमाझ भएको थियो। उक्त खेलमा दुई नम्बर बस्ती २-१ को अन्तरले बिजय भएर सेमी फाइनलमा प्रवेस गरेको छ। अब यस फुटबल टुर्नामेन्टको सेमी फाइनल खेल अन्तर्गत आगामी 22 अप्रेल शनिवारको दिन सिविटार र मित्र संघ गोलाई पाखामाझ हुने भएको छ।
त्यसरी नै दोस्रो सेमी फाइनल खेल आगामी २३ अप्रेलको दिन लिंकन क्लब सिपाहीधुरा र दुई नम्बर बस्तीमाझ हुने भएको छ। यस क्वाटर फाइनल खेलमा निर्णायकको रूपमा शिवराज राणा, राजीव प्रधान, अमीत राई, अभिषेक शंकर आदि रहेको आयोजक समितिको पक्षबाट भुवन प्रधानले जानकारी गराएका छन्।










