सिलगढी: बालुरघाटमा आदिवासी महिलाहरूलाई दण्ड दिएको घटना लगायत विविध मागलाई लिएर आदिवासी सम्प्रदायका मानिसहरूले राज्यभरिमै पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरिरहेको छ। यसै क्रममा आज आदिवासी सेङ्गेल अभियानका सदस्यहरूले फाँसीदेवाको विधाननगर राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। संगठनका सदस्यहरूले आज एउटा न्याली निकालेपछि राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। पथ अवरोध गरेकोले गर्दा सडकको दुवैपट्टि व्यापक ट्राफिक जाम भएपछि नित्य आवतजावत गर्ने मानिसहरूले समस्याको सामना गर्नपर्यो। घटनाको खबर पाएर दार्जिलिङ जिल्ला पुलिसको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेका थिए। पछि प्रशासनको आश्वासनपछि आन्दोलनकारीहरूले उक्त पथ अवरोध हटाए। प्रदर्शनकारीहरूले मुख्यमन्तीलाई एउटा ज्ञापन पत्र चढाए।









