आफूलाई सीएमओ अधिकारी बताउँदै ठग्ने नक्कली आईएएस पक्राउ

51d063ad-7899-48fe-9d3f-d13f74335314-4

कोलकाता: मुख्यमन्त्रीको कार्यालयको अफिसर भनी एक महिलालाई ११ लाख ७६ हजार रुपियाँ ठगी गर्ने एक ठगीलाई बारतल्ला पुलिस थानाले पक्राउ गरेको छ। आरोपीको नाम शान्तोकुमार मित्र (६१) बताइएको छl उनी बेलियाघाटा क्षेत्रका बासिन्दा हुन्। उनलाई कराया क्षेत्रको एक होटलबाट पुलिसले पक्राउ गरेको हो। आरोपीको साथबाट एउटा कार पनि बरामद गरिएको छ। उक्त कारमा राजभवन, कोलकाता पुलिस र पश्चिम बङ्गाल पुलिसको स्टिकर रहेको पाइएको छ।

पुलिसका अनुसार एपीसी रोड निवासी मञ्जु घोषले १ दिसम्बर २०२२ मा आरोपी शान्तो मित्र विरुद्ध ११ लाख ७६ हजार रुपियाँ ठगी गरेको उजुरी दिएकी थिइन्। महिलाले केही महिनाअघि शान्तोकुमार मित्रसँग भेट भएको उजुरीमा बताएकी छन्। आरोपीले आफूलाई आईएएस अफिसरको रूपमा चिनाउँदै आफू सीएमओमा तैनाथ भएको बताए। ती महिलाले पैसा दिएमा आफू र छोरीलाई भिभिआइपी कोटाबाट राजाहटमा दुईवटा सरकारी फ्ल्याट सस्तोमा उपलब्ध गराइदिने ठगले भेटमा उनीहरूलाई बताए। यति मात्र होइन, ठगीले उनलाई बारको लाइसेन्स दिने वाचा समेत गरेको थियो। ठगीले महिलासँग करिब ११ लाख ७६ हजार रुपियाँ ठगी गरेको आरोप छ। पैसा लिएपछि ठगीले न त फ्ल्याट पाएको छ न त बारको लाइसेन्स नै दिएको छ। ठगी भएको थाहा पाएपछि महिलाले पुलिस थानामा उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि बारतला पुलिस थानाले यस विषयमा अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा बडतल्ला पुलिस थानाका अतिरिक्त ओसी वीरेश्वर राईको नेतृत्वमा एसआई एस बोस र एसआई बी पालले आइतबार साँझ कराया क्षेत्रमा रहेको होटलमा छापा मारेर अभियुक्तलाई पक्राउ गरेको हो। पुलिसका अनुसार आरोपी विगत एक वर्षदेखि होटलको १०१ नम्बर कोठामा बस्दै आएका थिए। उनको कोठाबाट धेरै कागजपत्र बरामद भएको छ। यसका साथै होटल अगाडिबाट उनको कार पनि बरामद गरिएको छ। हालसम्म पुलिसले आरोपीसँग यसरी कतिलाई ठगी गरेको भन्ने बारे सोधपुछ गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement