पटना: बिहारको नितिश सरकारले विषाक्त रक्सी सेवनका कारण मृत्यु भएको मामिलामा ठूलो निर्णय गरेको छ। मुख्यमन्त्री नितिश कुमारले विषाक्त रक्सी पिएर कसैको मृत्यु भएमा उनको परिवारलाई राज्य सरकारले ४ लाख रुपियाँ दिने बताएका छन्। बिहारमा २०१६ मा निषेधाज्ञा लागू गरिएको थियो। मुख्यमन्त्रीले सन् २०१६ यता मृत्यु भएका सबैका परिवारलाई यो सहयोग उपलब्ध गराउने स्पष्ट पारे। मुख्यमन्त्री नितिश कुमारले विषाक्त रक्सी पिएर मृत्यु हुनेको परिवारलाई ४ लाख रुपियाँ क्षतिपूर्ति दिइने बताएका छन्। मुख्यमन्त्री नितिशले रक्सी पिएर ज्यान गुमाएकाका आफन्त आएर बताउनुपर्ने भनेका छन्। विषाक्त रक्सी किनेको ठाउँबारे सर्वसाधारणले स्वीकार गरे सहयोग गर्ने उनले बताए। नितिश कुमारले विषाक्त रक्सी पिएर मानिसहरु मर्दै गएकोमा आफू दु:खी भएको बताएका छन्। उनले भने, ‘ तर उनीहरुले आफ्नो परिवारको ख्याल राख्नुपर्छ। यत्रो प्रयासका पछि पनि मानिसहरुले विषाक्त रक्सी पिउनु दु:खको कुरा हो। जसका कारण मानिसको ज्यान गइरहेको छ। तर उनीहरूले आफ्नो परिवारका सदस्यहरूको पनि ख्याल राख्नुपर्छl’ विषाक्त रक्सी पिएर ज्यान गुमाउनेको परिवारलाई चिन्तित गर्दै नितिश कुमारले क्षतिपूर्तिको घोषणा गरे। उनले परिवारलाई चार लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले यो रकम मुख्यमन्त्री राहत कोषबाट दिने बताए।










